पुस महिनासम्मको महंगी ५.२६ प्रतिशत

पुस महिनासम्मको महंगी ५.२६ प्रतिशत

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनाको उपभोक्ता मुद्रास्फीति (महंगी) ५.२६ रहेको राष्ट्र बैंकले जनाएको छ। मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार यस्तो देखिएको हो।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो। चालू आर्थिक वर्षको पुष महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.७७ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

त्यस्तै, काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६७ प्रतिशत, तराईको ४.७८ प्रतिशत, पहाडको ५.४० प्रतिशत र हिमालको ४.७८ प्रतिशत रहेको छ।

अघिल्लो आर्थिक बर्षको सोही महिनामा उक्त क्षेत्रहरुको मुद्रास्फीति क्रमस ६.९३ प्रतिशत, ७.४९ प्रतिशत, ७.३० प्रतिशत र ६.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

२३ माघ, २०८०, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।