‘संसद् गतिशील पार्न राष्ट्रिय स्वतन्त्र पार्टी बबाल तयारीमा छ’

‘संसद् गतिशील पार्न राष्ट्रिय स्वतन्त्र पार्टी बबाल तयारीमा छ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् गतिशील पार्ने सवालमा आफ्नो पार्टीको बबाल तयारी रहेको बताएकी छिन्।

संसद् बैठकपश्चात् बाहिरिने क्रममा सांसद श्रेष्ठले यस्तो बताएकी हुन्।

उनले संसदीय तालिका बनेकामा खुसी व्यक्त गर्दै सदनको बैठक र समितिको बैठक व्यवस्थित बन्नेमा विश्वास गरिन्।

उनले भनिन्, ‘गैरसरकारी विधेयकको तयारी गरेका छौँ। सदनमा उठाएको सवाललाई निचोडमा पुर्याउने, जताततै भ्रष्टाचार भएको छ, त्यसलाई रोक्ने गरी काम गर्ने तथा सार्वजनिक महत्त्वको प्रस्तावमा लगेर सदनमा विषयलाई अघि बढाउने तयारीमा पार्टी छ।’

२२ माघ, २०८०, २१:३६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।