आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आजदेखि देशको पहाडी भूभागसहित धेरै स्थानहरूमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली विभागले जनाएको छ।

बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

माघ २१, २०८० आइतबार ०७:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।