वायुसेवा निगमको उपाध्यक्षमा राई नियुक्त, योजना आयोगको सदस्यमा उमाशंकर

वायुसेवा निगमको उपाध्यक्षमा राई नियुक्त, योजना आयोगको सदस्यमा उमाशंकर

काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सरकारकी प्रवक्ता समेत रहेकी शर्माका अनुसार बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको हो।

प्रवक्ता शर्माले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरेको जानकारी दिइन्।

१८ माघ, २०८०, १२:५५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।