स्वास्थ्य बिमा बोर्डका निर्देशक बसौलालाई बर्खास्त गर्ने सरकारको निर्णय

स्वास्थ्य बिमा बोर्डका निर्देशक बसौलालाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौलालाई पदबाट बर्खास्त गरेको छ।

यही माघ ९ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो।

डा. बसौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पत्राचार गर्दै पदबाट हटाइएको जानकारी गराएको छ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक निलम्बनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश उनले पदीय जिम्मेवारी पूरा नगरेको र बोर्डको हितविपरीत कार्य गरेको पत्रमा उल्लेख छ।

१६ माघ, २०८०, १८:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।