प्यासिफिकले गर्यो ८६ जना महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण

प्यासिफिकले गर्यो ८६ जना महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण

काठमाडौं : ललितपुरको कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरेको छ।

स्नेही महिला समूह र ललितपुर महानगरपालिका वटा नम्बर १० को टोल सुधार समितिसँगको सहकार्यमा प्यासिफिकले महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरेको हो।

प्यासिफिकमा कार्यरत प्रसूति, स्त्रीरोग तथा निशन्तान विशेषज्ञ डा. श्वेता ढकालले ८६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण तथा महिलामा हुने विभिन्न रोग तथा समस्याको परीक्षण र उपचार गरेकी हुन्।

शिविरमा सहभागिहरूलाई आवश्यक पर्ने औषधिहरू पनि नि:शुल्क वितरण गरिएको छ।

शिविरमा सहभागी ८६ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि प्यापस्मेयर गरिएको छ। त्यसको रिपोर्ट भने एक सातामा आउने प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिककी काउन्सिलर डा. अर्पणा ढकालले जानकारी दिइन्।

१४ माघ, २०८०, ०८:५४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।