रवि लामिछानेसँग चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिको भेटवार्ता

रवि लामिछानेसँग चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिको भेटवार्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिले भेटवार्ता गरेका छन्।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलमीमा नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन हैयान नेतृत्वको टोलीले लामिछानेसँग भेटवार्ता गरेको हो।

भेटमा दुई पक्षीय चासो र हितका विषयमा कुराकानी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार दुवै नेताले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउने तथा दुई राजनीतिक दलबीच थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

१३ माघ, २०८०, १२:४२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।