राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् मेयर बालेन, उपमेयर डंगोल हेटौंडामा

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् मेयर बालेन, उपमेयर डंगोल हेटौंडामा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन्।

मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार बालेनले व्यस्तताको कारण देखाउँदै मतदान नगर्ने भएका हुन्।

स्वकीय सचिव शाहले भने, ‘उहाँ मतदान गर्न जानु भएको छैन। कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ। जाने कुरो पनि छैन।’

यता, उपमेयर सुनिता डंगोल मतदान केन्द्र हेटौंडामा पुगिसकेकी छिन्। उपमेयर डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी हुन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ।

११ माघ, २०८०, १२:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।