नेपाल ट्रष्टलाई काठमाडौं महानगरको ताकेता- ‘नारायणहिटी दरबार परिसरको पर्खाल भत्काउनु’

नेपाल ट्रष्टलाई काठमाडौं महानगरको ताकेता- ‘नारायणहिटी दरबार परिसरको पर्खाल भत्काउनु’

काठमाडौं : काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ।

महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो। तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन ताकेता गरेको हो।

पत्रमा महानगरले सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) बमोजिम पर्खालको संरचना बनाउन आग्रह गरेको छ। 

‘प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका वडा नं १ स्थित श्री नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल, बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नुहुन आग्रह गर्दछौँ’ महानगरपालिको जारी पत्रमा भनिएको छ। 

१० माघ, २०८०, १७:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।