बीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक डाक्न प्रधानमन्त्रीको निर्देशन

बीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक डाक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन्। उनले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आइतबार सिंहदरबारमा बोलाएर तत्काल समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्।

‘तपाईँले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईँ धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस्’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

प्रधानमन्त्रीले सह कुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न समेत निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए।

७ माघ, २०८०, १८:४६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।