‘रवि लामिछाने राजीनामा गर’ भन्दै सडकमा उत्रियो नेबिसंघ

‘रवि लामिछाने राजीनामा गर’ भन्दै सडकमा उत्रियो नेबिसंघ

काठमाडौं : नेपाल विद्यार्थी संघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाहीको माग गर्दै सडकमा प्रदर्शन गरेको छ।

नेबिसंघले आज सहकारी विभागमा ज्ञापनपत्र बुझाउँदै लामिछानेलाई कारबाही गर्नुपर्ने माग गरेको हो। ज्ञापनपत्रसँगै ‘गृहमन्त्रीको खोल ओडेर जनता ठग्न पाइँदैन’, ‘३६ हजार जनताको पैसा ठगी अझै बजेन कानमा घन्टी’, ‘सहकारी पीडितलाई न्याय खोइ?’ लगायतका नारासहित सडक प्रदर्शन समेत गरेको छ।

लामिछानेले विभिन्न सहकारीबाट करोडौँ रूपैयाँ ठगी गरेको नेविसंघको आरोप छ।

लामिछानेले ‘सुप्रिम सहकारीका बचतकर्ताको १ करोड, पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख रूपैयाँ गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको’ समाचार सार्वजनिक भएको भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न नेविसंघको माग छ।

नेबिसंघले रास्वपाका सांसद समेत रहेका लामिछानेको राजीनामा पनि मागेको छ।

४ माघ, २०८०, १७:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।