जाजरकोट अस्पतालमा काम गर्ने डाक्टरलाई मासिक एक लाख भत्ता दिइने

जाजरकोट अस्पतालमा काम गर्ने डाक्टरलाई मासिक एक लाख भत्ता दिइने

 

काठमाडौं : जाजरकोटको जिल्ला अस्पतालमा काम गर्ने डाक्टरलाई ‘नेपाल मेड नेपाल’ नामक संस्थाले प्रति महिना एक लाख भत्ता दिने भएको छ।

नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो।

जाजरकोट अस्पतालमा डाक्टर अभाव देखेपछि नेपाल मेड संस्थालाई सहयोगका लागि सम्पर्क गरिदिने कार्य भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले गरेकी थिइन्।

भूकम्प प्रभावित जिल्ला जाजरकोटको अस्पतालका लागि कर्णाली प्रदेश सरकारले नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो।

उक्त सूचना अनुसार करारमा काम गर्न जाने डाक्टरहरूलाई संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले जनाएको छ।

४ माघ, २०८०, १२:५४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।