२०२३ मा मात्रै २५०० बढी नेपाली चिकित्सकले छोडे देश, सबैभन्दा धेरै अमेरिका

२०२३ मा मात्रै २५०० बढी नेपाली चिकित्सकले छोडे देश, सबैभन्दा धेरै अमेरिका
फाइल फोटो

 

काठमाडौं : सन् २०२३ मा चार वर्षयताकै धेरै चिकित्सक विदेशिएका छन्।

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रगति विवरणमा वर्ष २०२३ मा दुई हजार ५०० बढीले असल चारित्रिक प्रमाणपत्र लिएको उल्लेख छ। सो प्रमाणपत्र विदेश अध्ययन, काम गर्न जान र नेपालमै समेत बढुवाका लागि प्रदान गर्ने गरिएको छ।

सन् २०२३ मा दुई हजार ५८२ जनाले असल चारित्रिक प्रमाणपत्र (गुड स्टयाण्डिङ सर्टिफिकेट) लिएका छन्। जुन चार वर्ष अघिको तुलनामा दोब्बरभन्दा बढी हो।

सन् २०२० मा एक हजार ८७ जनाले सो प्रमाणपत्र लिएकोमा सन् २०२१ मा एक हजार ५०२ जनाले लिएका थिए। २०२२ मा दुई हजार १८९ ले सो प्रमाणपत्र लिएका हुन्।

सबैभन्दा धेरै अमेरिकाका लागि एक हजार ८८८ जनाले असल चारित्रिक प्रमाणपत्र लिएका छन्। दोस्रोमा यूकेका लागि एक हजार ५७८ जनाले सो प्रमाणपत्र लिएका छन्। यी बाहेक चिकित्सक धेरै जानेमा माल्दिभ्स, भारत, यूएई, अष्ट्रेलिया लगायत मुलुक रहेको काउन्सिलको विवरणमा उल्लेख छ।

१ माघ, २०८०, १३:१८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।