जाजरकोट भूकम्प पीडितका लागि सहायता कोषमा २८ करोड जम्मा

जाजरकोट भूकम्प पीडितका लागि सहायता कोषमा २८ करोड जम्मा
फाइल फोटो

काठमाडौं : जाजरकोट भूकम्प पछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २७ करोड ९९ लाख ८१ हजार ३६८ रूपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हालसम्म १२० भन्दा बढी व्यक्ति तथा संस्थाले भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउन कोषमा उक्त रकम जम्मा गरेका हुन्।

कात्तिक १८ गतेदेखि पुस २० गतेसम्मको अवधिमा उक्त रकम जम्मा भएको हो।

गत कात्तिक १७ गते जाजरकोट जिल्लामा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण संरचना भत्किँदा १५४ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए।

भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले भूकम्प पीडितको सहयोगका लागि कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो। त्यसपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा विभिन्न व्यक्ति तथा संस्थाले रकम जम्मा गरेका हुन्।

२२ पुस, २०८०, १४:५२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।