इलाम-२ को उप-निर्वाचनले चटकेहरूलाई ठेगान लगाइदियो : रामहरि खतिवडा

इलाम-२ को उप-निर्वाचनले चटकेहरूलाई ठेगान लगाइदियो : रामहरि खतिवडा

काठमाडौं : नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले इलाम-२ को उप-निर्वाचनको परिणामले चटकेहरूलाई ठेगान लगाइदिएको बताएका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खतिवडाले यस्तो बताएका हुन्।

उनले भने, ‘मतदाताले चटके(साना दल र स्वतन्त्र उम्मेदवार)हरूलाई ठेगान लगाएको छ। ०८४ को निर्वाचनसम्ममा देशमा जन्मिएका चटकेहरू सबै ठेगान लाग्नेछन्।’

मतपरिणामले कांग्रेस र एमालेमात्र मुलुकका शक्तिशाली दल रहेको प्रमाणित गरेको समेत प्रतिक्रिया दिँदै महानगठनबन्धनविरुद्ध कांग्रेसको मत सम्मानजनक रहेको बताए।

‘इलाम २ को उप-निर्वाचनले कांग्रेस र एमाले यो देशका प्रमुख शक्ति हुन भन्ने थप प्रमाणित भएको छ। महागठबन्धनविरुद्ध कांग्रेसको मत सम्मानजनक छ।’

इलाम-२ मा माओवादीले उम्मेदवार उठाएको थिएन। त्यहाँ उसले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई नै मत दिन पार्टीपंक्तिलाई निर्देशन दिएको थियो।

खतिवडाले मत परिणामको गम्भीर समीक्षा गर्दै भावी योजना तय गर्नुपर्ने बताए।

१८ बैशाख, २०८१, १३:००:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।