अहिलेको सरकार, अहिलेको कांग्रेस वा अरू पार्टीहरूले राम्रो गर्न सकेनन् : रामवरण यादव

अहिलेको सरकार, अहिलेको कांग्रेस वा अरू पार्टीहरूले राम्रो गर्न सकेनन् : रामवरण यादव

काठमाडौं : नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारले राम्रो काम गर्न नसकेको बताएका छन्।

आज काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले वर्तमान सरकार र राजनीतिक दलहरूप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरू पार्टीहरूले राम्रो गरेनन्,’ उनले भने, ‘राम्रो गर्नुपर्ने त्यो कुरा सही हो। गर्न सकिरहेका छैनन्।’

उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताए।

उनले दैनिक हजारौँ मानिसहरू विदेश गइरहेको प्रति पनि गुनासो गरे।

सबै मिलेर देश, जनता र देशको सार्वभौम सत्ताको अस्तित्व जोगाउनुपर्ने उनको भनाइ छ। प्रथम राष्ट्रपति यादवले देशको अस्तित्व जोगाउन आम जनताहरू एक हुनुपर्नेमा जोड दिए।

 

२१ पुस, २०८०, १७:०१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।