कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्टबाट सजकता अपनाउन आग्रह गरेको छ।

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिन सक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टी लगायतमा मास्कको प्रयोग गर्न हुनु, भौतिक दुरी कायम राख्न हुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन्।

उनले नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए।

विश्वका केही देशमा कोभिड–१९ को संक्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको स्वास्थ्य मन्त्रालयको दाबी छ।

कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ।

१८ पुस, २०८०, १५:४४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।