२५ औं पोखरा सडक महोत्सव सुरू

२५ औं पोखरा सडक महोत्सव सुरू

काठमाडौं : ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ नारासहित पोखरामा २५ औं पोखरा सडक महोत्सव सुरू भएको छ।

पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सवले आफ्नो सुरूवात गरेको हो।

सांस्कृतिक झाँकीसहितको बाजा-गाजा टोली कोमा जाने पार्कमा प्रवेश गरेका थिए।

कार्यक्रम पोखराका स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति रहेको छ।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हरेक वर्ष यो महोत्सव हुने गरेको छ।

महोत्सवलाई रेष्टुरेन्ट तथा बार एशोसियशन नेपालले (रेवान) आयोजना गर्ने गरेको छ। डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म चल्ने यो महोत्सवमा कोमा जाने विभिन्न सांस्कृतिक सांगितिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरेको छ भने लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेष्टुरेन्टहरूले आफ्ना पकवानहरू पस्किने गरेका छन्।

महोत्सवमा दिपक बज्राचार्य, र्यापर लाहुरे, र्यापर राजन केसी, शिला आले, समीक्षा अधिकारी, बद्री पँगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एण्ड रिभाइबल, मोक्ष ब्यान्ड आदि चर्चित गायक, गायिका एवम् ब्याण्डहरूले आफ्नो प्रस्तुति दिने छन्।

महोत्सवमा रेवानले एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकिय सहकार्य र 'नोस्टाल्जिक-थ्री' सँग फूड कोर्ट पार्टनरका रुपमा सहकार्य गरिरहेको छ।

१२ पुस, २०८०, १५:३९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।