भाषण गरिरहेका रवि लामिछानेमाथि मकैको खोयाले प्रहार, एकजना पक्राउ

भाषण गरिरहेका रवि लामिछानेमाथि मकैको खोयाले प्रहार, एकजना पक्राउ

काठमाडौं : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ। अमरसिंह चौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए।

सन्तोष रानाभाटले लामिछानेमाथि खोया प्रहार गरेका हुन्।​​​​​​

रानाभाट सूर्यदर्शन सहकारीसँग जोडिएका ब्यक्ती हुन्। सूर्यदर्शन सहकारीका सञ्चालक जितेन्द्र (जिबी) राई हुन्। सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि राई फरार छन्।

खोया प्रहार गर्ने रानाभाटलाई प्रहरीले पक्राउ गरिसकेको छ।

उनले हरिया मकै खाइ सकेपछि त्यसकाे खाेया प्रहार गरेका प्रहरीले जनाएको छ। लामिछानेले बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको थियो। रानाभाटमाथि अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख, एसपी मोहनबहादुर थापाले जानकारी दिए।

 

७ पुस, २०८०, १७:३१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।