राष्ट्रपतिलाई सरकारले दियो थप १० लाख उपचार खर्च

राष्ट्रपतिलाई सरकारले दियो थप १० लाख उपचार खर्च

काठमाडौं : राष्ट्रपतिको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ।

अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको भन्दै राष्ट्रपतिको उपचार खर्चको निम्ति थप १० लाख उपलब्ध गराएको हो।

२०८० साउन महिनादेखि मङसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९६ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको उल्लेख छ।

अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ। गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो।

त्यस्तै, सरकारले हमास समूहको आक्रमणमा परी निधन भएकाका परिवारलाई प्रतिपरिवार दश लाखको दरले एक करोड निकासा गरेको छ।

५ पुस, २०८०, १८:०३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।