सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

काठमाडौं : सर्वोच्च अदालतका नव नियुक्त ६ न्यायाधीशले शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिएका हुन्।

सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौंडामा कार्यरत न्यायाधीश अब्दुर अजिज मुसलमान र उच्च अदालत पाटनमा कार्यरत महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ताहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल नियुक्त भएका थिए।

५ पुस, २०८०, १६:५५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।