राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खुलासभा गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खुलासभा गर्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खुलासभा गर्दैछ।

सभा दिउँसो साढे २ बजे नैकाप खेल मैदानमा हुने आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं क्षेत्र नम्बर ९ ले जनाएको छ।

आयोजकका अनुसार सभालाई केन्द्रीय सभापति रवि लामिछाने लगायत केन्द्रीय र स्थानीय नेताहरूले सम्बोधन गर्नेछन्।

महाधिवेशनको प्रक्रिया थालेको राष्ट्रिय स्वतन्त्र पार्टीले केही दिनअघि मात्र प्रत्येक प्रदेशको एक–एक वडाका अधिवेशन गरेको थियो।

साथै पार्टी सभापति लामिछाने लगायत केन्द्रीय सदस्य नेताहरूले विभिन्न देश पुगेर त्यहाँ रहेको नेपालीहरूसँग साक्षात्कार र संगठन विस्तारमा जोड दिइरहेका छन्।

३० मंसिर, २०८०, ०९:११:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।