जाजरकोट भूकम्पबाट ९ करोड बढीको खाद्यान्न नष्ट

जाजरकोट भूकम्पबाट ९ करोड बढीको खाद्यान्न नष्ट

काठमाडौं : जाजरकोट भूकम्पबाट रू. ९ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको सरकारी तथ्यांक सार्वजनिक भएको छ।

३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु ९ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।

गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको हो।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माका २८ लाख २८ हजार सात सय २५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ।

जाजरकोट भूकम्पले जिल्लाभर रू. पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ बराबरका पशुपन्छीको क्षति भएको छ।

जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन्।

२५ मंसिर, २०८०, ११:३६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।