काउन्सिलको अध्यक्षमा डा. भुसाल नियुक्त

काउन्सिलको अध्यक्षमा डा. भुसाल नियुक्त

काठमाडौं : नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त भएका छन्।

मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले भुसाललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकाे हो।

उकेरासँगकाे कुराकानीमा भुसालले चार वर्षे कार्यकालका लागि नियुक्ति पत्र पाइसकेको जानकारी दिए।

यसअघि काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला थिए।

उनको कार्यकाल सकिएकाले डा. भुसाललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको हो।

१९ मंसिर, २०८०, ०९:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।