गेमिङ र क्यामेराका लागि टेक्नो मोबाइलका दुई नयाँ फोन नेपाली बजारमा

गेमिङ र क्यामेराका लागि टेक्नो मोबाइलका दुई नयाँ फोन नेपाली बजारमा

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय टेक्नो मोबाइलका दुई नयाँ फोन पोभा फाइभ र क्यामोन २० नेपाली बजारमा उपलब्ध हुने भएका छन्।

टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी दुई मोबाइल नेपाली बजारमा भित्र्याएको हो।

पोभा मोबाइल सिरिज अन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा फाइभ विशेष गरि मोबाइल गेमिङ्गमा रुचि राख्नेहरूका लागि हो।

८+८ जीबी र्याम, १२८ जीबीको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जरसहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिने कम्पनीको दाबी छ।

६ हजार मिलिएम्पियर आवरको ब्याट्रीका साथ आउने पोभा फाइभमा ६.७८ इन्चको फूल एचडी डिस्पे डट इनमा उपलब्ध छ। यसमा जडित ‘भ्यापर च्याम्बर' ले फोन नतात्ने र ६ न्यानोमिटर प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ।

५० मेगा पिक्सेलको एचडी डुअल रेअर क्यामेरा पोभा फाइभको अर्को आकर्षक फिचर हो।

त्यसैगरी फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरूका लागि कम्पनीले क्यामोन २० मोबाइल ल्याएको छ। ६४ मेगा पिक्सलको सुपर नाइट रेयर क्यामेरा र ३२ मेगा पिक्सलको ए आई सेल्फी क्यामेरा रहेको यो मोबाइलमा  ७.८ मिलीमिटरको पातलो डिजाइनमा उपलब्ध छ।

६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटको चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो। क्यामोन २० को ५ हजार मिलिएम्पियर आवरको ब्याट्री र ८+८ जीबी र्यामले प्रयोगकर्तालाइ अभुतपुर्व अनुभव दिने वितरक कम्पनीको दाबी छ।

मंसिर ४, २०८० सोमबार १३:२५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।