सार्क मनोचिकित्सक सम्मेलनको मुख्य एजेण्डा मानसिक स्वास्थ्य पर्वद्धन

सार्क मनोचिकित्सक सम्मेलनको मुख्य एजेण्डा मानसिक स्वास्थ्य पर्वद्धन

काठमाडौं : काठमाडौंमा साउथ एसियन एशोसियसन फर रिजनल कोअपरेशन (सार्क) इन्टरनेशनल साइक्याट्रीक कन्फ्रेन्स सुरु भएको छ। 

नेपाल मनोचिकित्सक संघले सम्मेलनको आयोजनामा आइतबाट सुरु भएको १४ औं सम्मेलन दुई दिनसम्म चल्नेछ।

सम्मेलनमा सार्क मुलुकका करिब तीन सय मनोचिकित्सक, मनोविद् लगायत विशेषज्ञ तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ। 

करिब एक सय ८० जना नेपाली मनोचिकित्सक तथा मनोविद्लगायतको सम्मलेनमा सहभागिता रहने आयोजकले जानकारी दिएको छ। 

विशेषगरी सार्क मुलुकका नागरिकको मानसिक स्वास्थ्यको प्रवद्धनका लागि एक आपसमा समन्वय तथा सहयोगका कार्यक्रम अभिवृद्धि गर्ने सम्मेलनको मुख्य एजेण्डा रहेको सम्मेलनका साइन्टिफिक कमिटीका अध्यक्ष तथा त्रिभूवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस, मानसिक स्वास्थ्य विभागका प्रमुख प्रा.डा.सरोज वझाले जानकारी दिए।

यो सम्मेलनलाई मानसिक स्वास्थ्यका विषयमा भएका उपलब्धि तथा गतिविधिका बारेमा छलफल गर्नुकासाथै एक आपसमा अनुभव साट्ने थलोका रुपमा लिइएको छ।

प्रत्येक वर्ष सार्क मुलुकमा पालैपालो हुने यो सम्मेलन यो वर्ष नेपालमा भएको आयोजकले जनाएको छ। आयोजकका अनुसार नेपालमा यो सम्मेलन तेस्रो पटक गरिएको हो।

२१ कात्तिक, २०८०, १५:२३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।