भूकम्पमा घाइते भएकाको उपचार निःशुल्क गर्ने सरकारको निर्णय

भूकम्पमा घाइते भएकाको उपचार निःशुल्क गर्ने सरकारको निर्णय
फाइल फोटो

काठमाडौं : भूकम्पमा परी घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय  गरेको छ। 

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सबै घाइेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए।

मन्त्री बस्नेतका अनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिएको छ। घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको उनले बताए। 

खाद्यान्न, त्रिपाल र टेन्टहरू केही प्रभावित क्षेत्रमा पुगिसकेका बताउँदै उनले सरकारले कुनै कसर बाँकी नछोड्ने बताए। 

१९ कात्तिक, २०८०, १०:२७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।