नेताहरुले देश बेच्न खोजेको आरोप लगाउँदै मेयर बालेन लेख्छन्- काठमाडौं महानगर बिक्रीमा छैन

नेताहरुले देश बेच्न खोजेको आरोप लगाउँदै मेयर बालेन लेख्छन्- काठमाडौं महानगर बिक्रीमा छैन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूले देश बेच्न खोजेको आरोप लगाएका छन्।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा प्रमुख बालेनले लेखेका छन्, ‘नेताज्युहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन।’

साथै बालेनले देश नै बेचे पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिने समेत उल्लेख गरेका छन्। 

‘तपाईंहरुले पुरै देशनै बेच्नुभयो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ’ उनले उल्लेख गरेका छन् ।

काठमाडौं उपत्यकाका मेयर तथा उपमेयरहरूको मञ्च मेयर्स फोरमको बैठकमा विवादपछि बालेन निस्किएका थिए। 
त्यसपछि बालेनका बारे विभिन्न टिप्पणी भइरहेको छ।

त्यसबारे बालेनले १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको उनको भनाई छ। 

१६ कात्तिक, २०८०, ०७:११:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।