इजरायलमा हमासको आक्रमणपछि भारतले जारी गर्यो एडभाइजरी, नेपाल भने मौन

इजरायलमा हमासको आक्रमणपछि भारतले जारी गर्यो एडभाइजरी, नेपाल भने मौन

काठमाडौं : इजरायलमा हमासले गरेको आक्रमणपछि भारतले आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ।

तेल अवीवस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै इजरायलको वर्तमान अवस्थालाई ध्यानमा राख्दै इजरायलमा बसोबास गर्ने भारतीयहरूलाई सतर्क रहन र स्थानीय प्रशासनले दिएको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

भारतीय दूतावासले इजरायलमा रहेका भारतीय नागरिकहरूलाई विना कारण बाहिर ननिस्कन र सुरक्षित स्थान नजिकै बस्न आग्रह गरेको छ।

दूतावासले भारतीयहरूलाई इजरायली होम फ्रन्ट कमाण्डको वेबसाइटमा नजर राख्न आग्रह गरेको छ। आपतकालीन नम्बर पनि जारी गरिएको छ।

छिमेकी देश भारतले एडभाइजरी जारी गर्दा नेपालले भने मौन छ। नेपालबाट इजरायलमा कामका लागि मानिसहरू पुग्ने गरेका छन्। विशेष गरी त्यहाँको कृषि क्षेत्रमा आबद्ध छन्।

२० असोज, २०८०, १६:३५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।