नेपालगन्जमा कर्फ्यु खुकुलो, धार्मिक सद्भाव भड्काउनेलाई कडा कारबाही गरिने

नेपालगन्जमा कर्फ्यु खुकुलो, धार्मिक सद्भाव भड्काउनेलाई कडा कारबाही गरिने

बाँके : वुधबार दिउँसो बसेको सर्वपक्षीय बैठकले बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा लगाइएको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ।

साम्प्रदायिक तनावका बढेको भन्दै स्थानिय प्रशासनले मंगलबार दिँउसो १ बजेदेखि लगाइएको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने सर्वपक्षिय बैठकले निर्णय गरेको हो।

सामाजिक सन्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख गरिएको छ।

१७ असोज, २०८०, १७:४१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।