सीजीको भारतीय कम्पनीमा आयकर विभागको छापा

सीजीको भारतीय कम्पनीमा आयकर विभागको छापा

काठमाडौं : उद्योगपति विनोद चौधरीको भारतको जयपुरस्थित कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको छ।

चौधरीको त्यहाँस्थित सिजी फुड इन्डिया प्रालिमा आयकर विभागका अधिकारीले छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यतिमात्र नभइ दौसा र सिकरमा पनि विभागले छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आयकर विभागले पाएको गोप्य सूचनाका आधारमा उनको कम्पनीमा छापा मारिएको हो।

यसपछि भारतका अन्य सहरमा रहेका उनका कम्पनीमा रेड सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यो कारबाहीको नेतृत्व गुवाहाटीका आयकर अधिकारीले गरेका हुन्। उनले सिजी फुड इन्डिया प्रालि र सिजीका त्यहाँस्थित अन्य कम्पनीको डकुमेन्ट लिएर अनुसन्धान थालेका छन्।

१० असोज, २०८०, १०:४२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।