४२ अङ्कले घटेर शेयर बजार राताम्मे, २ अर्ब २ करोड रुपैयाँकोे कारोबार

४२ अङ्कले घटेर शेयर बजार राताम्मे, २ अर्ब २ करोड रुपैयाँकोे कारोबार

काठमाडौं : कारोबारको पहिलोे दिन आज (आइतबार) शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ। 

यसदिन नेप्से ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा झरेर बन्द भएको हो। 

सबै समूहको शेयर घटेकोमा आज होटल, जलविद्युत्, बीमा, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। 

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरै र मेन्छियाम हाइड्रोपावर कम्पनी तथा बुङ्गोल इनर्जी कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ।

समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

आज दुई सय ७८ वटा कम्पनीका ५६ लाख ५९ हजार कित्ता शेयर कारोबार भएका छन्। ७२ हजार चार सय वटा कारोबारमा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो। 

३१ भदौ, २०८०, १५:२५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।