वीर अस्पतालको टिकट काउण्टरमा चिकित्सक संघका प्रतिनिधिले ताला लगाए

वीर अस्पतालको टिकट काउण्टरमा चिकित्सक संघका प्रतिनिधिले ताला लगाए

काठमाडौं : वीर अस्पतालमा आइतबार बिहानै नेपाल चिकित्सक संघका प्रतिनिधिले टिकट काउण्टरमा ताला लगाएका छन्। 

हेटौंडामा डाक्टर पिटिएको घटनामा नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको थियो।

जसअनुसार वीर अस्पतालमा पनि  टिकट काउण्टरमा ताला लगाएपछि ओपीडी चलेको छैन। 

हेटौंडास्थित सन्चो अस्पतालका दुई जना चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

संघले सम्पूर्ण मागहरूको कार्यान्वयन गराउनका लागि दवाव स्वरूप देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरू, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, सम्पूर्ण विशेषज्ञ समाजहरूलाई आग्रह गरेको छ।

संघले देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने माग पनि राखेको छ।

भदौ ३१, २०८० आइतबार ०९:१०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।