चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसले कति दिँदैछन् नगद र बोनस?

चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसले कति दिँदैछन् नगद र बोनस?

काठमाडौं : चार वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन्। 

नेप्सेका अनुसार माछापुच्छ्रे, एभरेस्ट, सानिमा र एनआईसी एसिया गरि चार वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष (२०७९/८०) को नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन्।

हालसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ। उक्त बैंकले गत आर्थिक बर्ष (२०७९/८०) को नाफाबाट सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

उक्त बैंकले २९ प्रतिशत बोनस शेयर (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १.५२ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश घोषणा गरेको छ।

यस्तै, माछापुच्छ्रे बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष (२०७९/८०) को नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ।

जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश छ। बैंकले लाभांश वितरणका लागि असोज ८ गतेलाई ‘बुक क्लोज’को मिति तय गरेको छ। असोज ७ गतेसम्म सेयर होल्ड गर्ने लाभांशकर्ताहरु मात्रै बोनस पाउने बैंकले जनाएको छ। 

यसैगरि, एभरेष्ट बैंकले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमा बोनस १० र करसहित १०.५३ प्रतिशत नगद लाभांश रहेको छ।

सानिमा बैंकले गत आर्थिक वर्ष (२०७९/८०)को नाफाबाट १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा बोनस ९ प्रतिशत र करसहित ५.७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

माछापुच्छ्रे बैंकको बुक क्लोज मिति तय भए पनि एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकको भने तय भईसकेको छैन।

२९ भदौ, २०८०, १५:४२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।