नेप्सेमा आज हरियाली, डेढ अर्ब रुपैयाँको कारोबार

नेप्सेमा आज हरियाली, डेढ अर्ब रुपैयाँको कारोबार

काठमाडौं : सेयर बजार परिसुचक नेप्से आज बुधवार उच्च अङ्कले बढेर हरियाली भएको छ। 

मङ्गलवार साढे १९ अङ्कले घटेको नेप्से आज ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव शून्य छ विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ। 

आज सबैभन्दा धेरै शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ। 

समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ।

कारोबारको चौथो दिन आज ५१ लाख ४४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन्। 

२७ भदौ, २०८०, १५:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।