१०.२३ अंकले बढ्यो सेयर बजार, १ अर्ब ७ करोडको कारोबार

१०.२३ अंकले बढ्यो सेयर बजार, १ अर्ब ७ करोडको कारोबार

काठमाडौं : कारोबारको पहिलो आज आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ। 

दोहोरो अंकले बढेको बजार १९४२.६८ विन्दुमा पुगेर बन्द भएको हो।  

यसदिन २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ। आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ।

आइतबार जलविद्युतबाहेक सबै उपसूचकहरु बढेको छ। आइतबार सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ।

२४ भदौ, २०८०, १५:३३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।