भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने

भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने

काठमाडौं  : भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ । नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारती मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले १० हजार मेगावाट विद्युत किन्ने बताएका थिए। 

नेपालमा हाल १० आयोजनाको ४५० मेगावाटभन्दा धेरै विद्युत विद्युत प्राधिकरणले विक्री गर्न सकेको छैन।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले मङ्गलबार बिहान सामाजिक सञ्जालमा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको लेखेका छन्। 

यसले नेपालको आर्थिक विकासमा टेवा पुग्ने  विश्वास लिइएको छ। 

१९ भदौ, २०८०, १३:२१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।