नेप्से झण्डै ३० अंकले घट्यो, १ अर्ब १८ करोडको कारोबार

नेप्से झण्डै ३० अंकले घट्यो, १ अर्ब १८ करोडको कारोबार

काठमाडौं : कारोबारको पहिलो दिन आईतबार आज सेयर बजार परिसूचक नेप्से २९.८१ अंकले घटेको छ। बजार १९६०.७८ विन्दुमा पुगेर रोकिएको छ। 

यसदिन, सबै उपसूचक राताम्य देखिएका छन्। होटल एण्ड टुरिजमका लगानीकर्ताले सर्वाधिक (३.०३ प्रतिशत) गुमाएका छन्।

आइतबार २७६ धितोपत्रको ३७ हजार ४१ वटा कारोबारबाट ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ। यसबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँको कारोबार भएको छ।

सिक्लेस हाइड्रो, प्राइम डिभेञ्चर, बुद्धभूमि नेपाल हाइड्रोसहितका धितोपत्रको मूल्य समेत बढेको छ। लिब्रेटी इनर्जी, सिटी होटलको नकारात्मक सर्किट लेबलमा कारोबार भयो। 

ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रो, सामलिङ पावर हाइड्रोसहितका धितोपत्रको भने मूल्य धेरैले घटेको छ।

१७ भदौ, २०८०, १५:३८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।