ढुसी परेको पेय बेच्ने वितरकलाई महानगरको कारवाही, डेढ लाख जरिवाना

ढुसी परेको पेय बेच्ने वितरकलाई महानगरको कारवाही, डेढ लाख जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोक भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो।

उत्पादन कम्पनीले एउटै ब्याजको कोकमा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो।

महानगरका निरीक्षण अधिकृत डा. अवधेश झा भन्छन्, ‘कोकमा चिनी, पानी र कार्बनडाइअक्साइड हुन्छ, हामीले निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको थियो । लिकेज भएकोले ढुसी परेको हो।’

उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको उनले बताए।

१० भदौ, २०८०, १५:२३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।