मैले हस्ताक्षर गरेको नोट फ्रेममा राख्नुस्, तर आर्थिक कारोवार भने डिजिटल गर्नुस् : गभर्नर अधिकारी

मैले हस्ताक्षर गरेको नोट फ्रेममा राख्नुस्, तर आर्थिक कारोवार भने डिजिटल गर्नुस् :  गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्ने बताएका छन्।

वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटन समारोहमा उनले आफूले साईन गरेको नोट फ्रेममा रहोस र कारोबार भने डिजिटल होस् भन्ने चहाना रहेको र धेरै हदसम्म पूरा पनि भएको बताएका हुन्।

उनले डिजिटल कारोबारबाट पारदर्शिता बढ्ने,सुशासन आउने र कारोवारहरु रेकर्ड राख्नेलगायत धेरै काम सहज रुपमा हुने पनि बताए।

उनले भने,‘म नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरमध्ये एक हुँ तर मेरो चहाना त्यो साईन गरेको नोट फ्रेममा रहोस् र हाम्रो कारोबार भने डिजिटल होस् भन्ने हो र त्यो धेरै हदसम्म पूरा पनि हुन थालेको छ। यसले हामीलाई पारदर्शिता बढाउँछ, सुशासन ल्याउन सघाउँछ, कारोबारहरु रेकर्ड हुन्छ, सरकारको कर पनि नियमित रुपमा आउँछ आएन भने पनि ट्रेस गर्न सकिन्छ। धेरै फाइदाहरु हुन्छन्।’

उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान पनि सुरु भएको भन्दै त्यसको फलस्वरुप प्राय नेपालीहरु अहिले मोबाइल बैंकिङ् प्रयोग गर्न सक्ने भएको जिकिर गरे।

एक पटक लिएको बैंकिङ कारोबारको दररेट सात वर्षसम्म परिर्वतन नहुने व्यवस्था पनि रहेको तर त्यसलाई मानिसहरुले उपयोग गर्न नसकेको उनको भनाई छ।

१० भदौ, २०८०, १४:४७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।