उकेरा टप फाइभ : ललिता निवास मुद्दाको प्रस्तावित रायमा पूर्वमन्त्री जोशी ‘फरार’, फौज लगाएर शिलान्यास गरिएको औद्योगिक क्षेत्रको प्रगति शून्य

उकेरा टप फाइभ : ललिता निवास मुद्दाको प्रस्तावित रायमा पूर्वमन्त्री जोशी ‘फरार’, फौज लगाएर शिलान्यास गरिएको औद्योगिक क्षेत्रको प्रगति शून्य

काठमाडौं : बिहीबार सुदूरपश्चि प्रदेशको सांस्कृतिक पर्व गौरा मनाइयो। प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता डा. भीम रावल लगायतले टुँडिखेलमा गौरा पर्व मनाए। उनीहरुले हात समाएर नाचे पनि।

बिहीबार नै सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गर्यो। कोशी प्रदेशको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्चले यस्तो ठहर गर्यो।

अदालतले मुख्यमन्त्री उद्धव कार्कीलाई मुद्दाको किनारा नलागेसम्मका लागि दीर्घटकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दियो भने भदौ १५ गते शुक्रबारका लागि पूर्ण इजलासमा पेशी तोकेर अग्राधिकारमा राख्नसमेत आदेश दियो।

बिहीबारै प्रतिनिधिसभाको बैठक समेत बस्यो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले कोशी प्रदेशको धरानमा भइरहेको गौहत्याको विषयमा प्रश्न उठाए। यस्तै संसद् बैठकबाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्ता गलत कार्य कसैले पनि गर्न नहुने र यसलाई संवेदनशील बनाउन नहुने बताए।

अब लागौं उकेरा टप फाइभतर्फः
बिहीबार उकेराले परम्परागत रुपमा खेती गर्दै आएका सुर्खेतको वीरेन्द्रनगर–९ पर्सेनीका कृषकहरूले पछिल्लो समय आधुनिक तरकारी खेतीमा लागेको समाचार लेख्यो। तरकारी खेतीमा घरमै बनेको जैविक विषादीको प्रयोगले उत्पादन पनि बढ्न थालेको विषय समाचारमा उल्लेख छ।
पूरा समाचारः जैविक विषादीले फस्टाएको तरकारी खेती

बिहानै उकेराले २०७७ फागुनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी शिलान्यास गरिएको मोतीपुर औद्योगिक क्षेत्रको कामको प्रगति शून्य भएको समाचार लेख्यो। २ वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने र ५ वर्षभित्र सम्पूर्ण पूर्वाधारहरूको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिए पनि अहिले काम ठप्प छ।
पूरा समाचारः मोतिपुर औद्योगिक क्षेत्रः स्थानीयले ढुंगामुढा गर्दागर्दै हतारमा शिलान्यास, तीन वर्षसम्म प्रगति शून्य

दिउँसो उकेराले नियमित स्तम्भ उकेरा कोलम अन्तर्गतको हिजोका कुरामा मसिना खड्काको विगतका अनुभवलाई समेट्ने प्रयास गर्यौ। कोलममा उनले विगमा भोगका अनुभव र मार्गदर्शनका कुरा उल्लेख छन्।
पूरा समाचारः मसिना खड्काको हिजोका कुराः सात दिनको सुत्केरी व्यथाले बेहोस हुँदा मरी भनेर कपडै किनेछन्, छिमेकी बित्दा त्यसैले काम चलाए

यसैगरी उकेराले नेपाल प्रहरीका महिला सहायक हवल्दारलाई ‘गुड फ्राइडे मानाऔं’ भन्ने प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी योगबहादुर पालमाथि थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले टोली परिचालन गरेको समाचार लेख्यो।
पूरा समाचारः महिला हवल्दारलाई ‘आज गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीमाथि थप छानबिन

उकेराले ललित निवास जग्गा प्रकरणमा सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रस्तावित रायमा पूर्वमन्त्री चन्द्रदेव जोशीलाई फरारको सूचीमा राखिएको समाचार लेख्यो। तर यसबारेमा सीआईबीले भने इन्कार गरिरहेको छ।
पूरा समाचारः ललिता निवासबारे ‘चुहिएको’ प्रस्तावित रायमा पूर्वमन्त्री जोशी ‘फरार’, सीआईबीका एसएसपी भन्छन्- ‘त्यो सत्य हैन’

७ भदौ, २०८०, २१:५७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।