८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ब्लेस हाउस एण्ड चाइल्ड केयरका सञ्चालक पक्राउ

८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ब्लेस हाउस एण्ड चाइल्ड केयरका सञ्चालक पक्राउ

काठमाडौँ : बालयोन दुरुपयोग गरेको आरोपमा ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर, ललितपुरले उक्त संस्थाका सञ्चालक हुम्ला सिमिकोट गाउँपालिका-८ स्थायी घर भई ललितपुर बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई आइतबार पक्राउ गरेको हो। 

ललितपुर प्रहरीका एसपी नवराज कार्कीका अनुसार उनले असारदेखि २६ साउनसम्म सोही चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया नाबालिगलाई यौन दुर्व्यवहार गरेका हुन्। 

बालिकाले प्रतिकार गर्न खोज्दा बुढाले बालिकालाई निलडाम हुने गरी कुटपिट गरेर शारीरिक यातना दिएको पनि पाइएको छ’, कार्कीले भने। बुढालाई थप अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

हाल पीडित नाबालिगलाई उद्धार गरेर संरक्षण गृहमा राखिएको छ। 

२९ साउन, २०८०, १३:३०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।