चीन जाँदै उपराष्ट्रपति यादव

चीन जाँदै उपराष्ट्रपति यादव

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादव आज चीनको भ्रमणमा जाने भएका छन्। 

सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन प्रस्थान गर्न लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुँदैछ। उपराष्ट्रपति यादव आज अपराह्न साढे ४ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्नेछन्। 

भ्रमण दलमा उपराष्ट्रपतिका धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक सिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र  सहसेनानी भीमसेन देवकोटा सहभागी हुनेछन्।

उपराष्ट्रपति आगामी भदौ ४ गते स्वदेश फर्कने उपराष्ट्रपति कार्यालयले जनाएको छ।

२९ साउन, २०८०, १२:२६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।