उकेरा टप फाइभ :  अर्थमन्त्रीले नै भन्सार कर्मचारीको पोल खोलेदेखि डाक्टर मनिताको मातृत्व अनुभवसम्म

उकेरा टप फाइभ :  अर्थमन्त्रीले नै भन्सार कर्मचारीको पोल खोलेदेखि डाक्टर मनिताको मातृत्व अनुभवसम्म

आइतबारको मौसम झरिलो भयो। तर सुन तस्करीको चर्चाले राजनीतिक माहौल भने तातो नै भयो।

नेपाली कांग्रेको संसदीय दलको बैठकदेखि लिएर माओवादीको बैठकसम्ममा सुन तस्करीकै विषयमा बहस भए।

माओवादी बैठकमा सुन तस्करीको छानबिनसँगै भेपमा लुकाएर ल्याएको नौ किलो सुनमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोराको संलग्नताबारे समेत प्रश्न उठेको थियो।

महरा बाबुछोरा र सुन तस्करीमा संलग्न रहेका चिनिया समूहबिच बाक्लो सम्पर्क रहेको उकेराले सार्वजनिक गरेको थियो।

आइबार बसेको पार्टीको पदाधिकारी बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे महराले नै सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए।

उता आइतबारै बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठकमा बोल्दै केही सांसदहरूले एमालेकै लाइनमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने र यसबारे पार्टीले निर्णय गर्दा पनि सरकारले गठन नगरे सरकारलाई दिएको समर्थनसम्म फिर्ता लिनुपर्ने माग राखेका थिए।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारै पत्रकार सम्मेलन गरेर सुन तस्करीको उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार किन डराएको भन्दै प्रश्न उठाए।

आइतबारै वैदेशिक रोजगारीमा लैजाने भनेर बङ्गलादेशी नागरिकलाई नेपाल ल्याएर गेस्ट हाउस डेरा अनि मसाज सेन्टरमा बन्धक बनाएर उनीहरूको परिवारका सदस्यसँग फिरौती उठाउन सक्रिय रहेको आरोपमा प्रहरीले बंगालदेशी र नेपाली गरी सात जनालाई पक्राउ गरेको थियो।

नेपाललाई ट्रान्जिट बनाएर लागु औषधदेखि सुनसम्म तस्करीको ट्रान्जिट बनाउने गिरोह सक्रिय देखिएका छन् नै। यो घटनाले मानवतस्करहरुले समेत नेपाललाई ट्रान्जिट बनाउन थालेको देखिन्छ।

अब लागौँ, उकेरा टपफाइभतिर।

देउखुरीका स्थानीयलाई सुकुमबासी बनायो सरकारलेतीन वर्षदेखि रोकियो जग्गा नामसारी

राजधानी बनाउने भनेर तत्कालीन प्रदेश नं. ५ प्रदेश सरकारले २०७७ असोज १६ गते राजधानी क्षेत्रमा जग्गा खरिद बिक्रीमा रोक लगायो। दाङको राप्ती गाउँपालिकाका सबै वडा र गढवा गाउँपालिका वडा नं. १ देखि ३ सम्म तथा अर्घाखाँचीको शितगंगा गाउँपालिकाको ८ र ९ वडामा जग्गा बेचबिखन गर्न लागेको रोक तीन वर्षदेखि उस्तै छ। सरकारले जग्गा फुकुवा गरेको छैन।

सरकारको निर्णयले आफ्नै सम्पत्ति भए पनि सुकुमबासी समान भएका छन् देउखुरीवासी।

थप : देउखुरीका स्थानीयलाई सुकुमबासी बनायो सरकारले, तीन वर्षदेखि रोकियो जग्गा नामसारी

बङ्गलादेशी नागरिक नेपालमा बन्धक, गेस्ट हाउसदेखि मसाज सेन्टरसम्म सेल्टर

वैदेशिक रोजगारीमा लैजाने भन्दै एक समूहले बङ्गलादेशी नागरिकहरूलाई नेपाल ल्याएर गेस्ट हाउस र मसाज सेन्टरमा बन्धक बनाउने गरेको सार्वजनिक भएको छ।

नेपाली र बङ्गलादेशी नागरिक मिलेर उनीहरूलाई नेपालमा बन्धक बनाएर उता बङ्गलादेशमा रहेका आफन्तहरूसँग फिरौती माग्ने गरेको प्रहरीले सार्वजनिक गर्यो। प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

थप : बङ्गलादेशी नागरिक नेपालमा बन्धक, गेस्ट हाउसदेखि मसाज सेन्टरसम्म सेल्टर

डाक्टर मनिताको प्रसव पीडा र खुसी : प्रेगनेन्ट हुँदा मासु खान मन लागेनपछि शाकाहारी नै भएँ

उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आज चिकित्सक . मनिता श्रेष्ठ राजकर्णिकारको मातृत्व अनुभव प्रस्तुत गरियो।

उनी अहिले स्टार हस्पिटलका वरिष्ठ रक्तसञ्चार सल्लाहकारका रूपमा कार्यरत छिन्। रेडक्रसमा आबद्ध भएर २५ वर्षदेखि अनुभव बटुलेकी उनले टिचिङ हस्पिटल, प्रसूति गृह थापाथली र उपत्यका प्रसूति नर्सिङ होममा पनि काम गरेकी छन्।

उनले मातृत्व अनुभव बाँड्दै भनिन्' मातृत्वको अनुभव एकदमै अचम्मको लाग्यो। आफै पहिला छोरी भएर बसिरहेको। आमा भएपछि त जिम्मेवारी बढेको आफै अनुभव हुने रहेछ।'

 थप :  मातृत्वको अनुभव एकदमै अचम्मको लाग्दो

अर्थमन्त्रीले नै भने 'भन्सारका कर्मचारीले बार्गेनिङ गरे'

सुन तस्करीको घटना सार्वजनिक भएदेखि नै तारोमा परेका अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार भन्सारको कार्यक्रममा कर्मचारीहरूले बार्गेनिङ गरेर दुख दिने गरेकोबारे मन्त्रालयमै रिपोर्टिङ हुने गरेको सार्वजनिक गरे।

उनले यसले भन्सार सेवा नै बदनाम भएको भन्दै कर्मचारीहरूलाई शैली बदल्न आग्रह गरेका थिए।

आइतबार पार्टीको संसदीय दलको बैठकमा समेत उनले सुनको प्रसङ्ग ल्याएर आफूलाई बदनाम नगराउन र प्रमाण भए सुन तस्करीमा संलग्न भएको पुष्टि गर्न चुनौती दिएका थिए।

थप : अर्थमन्त्रीले नै भने 'भन्सारका कर्मचारीले बार्गेनिङ गरे'

 जनमत सरकारमा आउँदा मोदीको पद खोसियो

विभिन्न बहानामा निहुँ खोज्दै सरकार बाहिर बसेको जनमत पार्टी पुन सरकारमा आउने भएपछि राम्रै काम गरिरहेका मन्त्री अमनलाल मोदीले पद गुमाउने भएका छन्।

माओवादीको पदाधिकारी बैठकले आफ्नोतर्फबाट सरकारमा रहेका मन्त्रीमध्ये एक जना हटाएर जनमतबाट मन्त्री बनाउँदा मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। जनमत पार्टीको तर्फबाट अनिता देवी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दै छिन्।

 थप : अनिता देवी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री

२८ साउन, २०८०, २३:१३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।