वेस्ट इन्डिजविरुद्ध सिरिजको अन्तिम खेलमा भारतलाई झड्का, ३ ओभर नपुग्दै २ विकेट हिँड्यो

वेस्ट इन्डिजविरुद्ध सिरिजको अन्तिम खेलमा भारतलाई झड्का, ३ ओभर नपुग्दै २ विकेट हिँड्यो

भारत-वेस्ट इन्डिज टी-२० सिरिजको पाँचौं र अन्तिम खेल फ्लोरिडाको लाउडरहिलको क्रिकेट मैदानमा खेलिरहेका छन्। भारतले टस जितेर ब्याटिङ रोजेको छ।

भारतले टस जितेर ब्याटिङ रोजेको छ। भर्खरै यशस्वी जैसवाल ४ बलमा ५ रन बनाएर क्याच आउट भएका छन्। उनीपछि आएका सुभमन गिल पनि ९ बलमा ९ रन बनाएर आउट भएका छन्। ३ ओभर नपुग्दै २ खेलाडी आउट भएपछि भारतीय टिम दबाबमा परेको छ। 

२-२ को बराबरीमा रहेको अवस्थामा आजको खेल जसले जित्छ उसले सिरिज जित्नेछ।

पहिलो दुई टी-२० मा पराजयपछि भारतीय टोलीले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो र चौथो टी-२० जितेको थियो। 

भारतीय टिममा कुनै परिवर्तन भएको छैन। विन्डिज टोली भने दुई परिवर्तनसहित मैदान उत्रिएको छ। रोस्टन चेस र अल्जारी जोसेफ फर्किएका छन्। ओडियन स्मिथ र ओबिद म्याकोय बाहिर छन्। 

२८ साउन, २०८०, २०:२७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।