४५ हजार घुस लिएको भन्दै गाउँपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

४५ हजार घुस लिएको भन्दै गाउँपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्राबेल गर्ने कार्यको नापजाँचपछि भुक्तानी दिने बेलामा सेवाग्राहीसँग ४५ हजार घुस लिएको आयोगको अनुसन्धानमा पुष्टि भएपछि मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

घुस माग्दै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई ४५ हजार घुससहित असार २० गते नियन्त्रणमा लिएको थियो।

यादवलाई बिगो 45 हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी गरिएको दाहालले बताए।

१५ साउन, २०८०, १७:५८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।