सन्दीप लामिछानेको मुद्दा 'हेर्दाहेर्दै'मा

सन्दीप लामिछानेको मुद्दा 'हेर्दाहेर्दै'मा

काठमाडौं : जिल्ला अदालत काठमाण्डौंमा बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’मा परेको छ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। 

मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ। अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्ने छ।  

गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा  ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना पाएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

उनको पुनरावेदनपछि सरकारी वकिलले पनि सन्दीपबाट पीडित भएकी गौशाला २६ (छ) नाबालिग भएको र सन्दीपलाई सजाय कम भएको भन्दै पुनरावेदन गरेको थियो। 

जेठ १, २०८१ मंगलबार १९:५१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।