सरकार भ्रष्टाचारविरुद्ध उभिएकाले विगतभन्दा धेरै सुधार भयोः मन्त्री शर्मा

सरकार भ्रष्टाचारविरुद्ध उभिएकाले विगतभन्दा धेरै सुधार भयोः मन्त्री शर्मा

जनकपुरः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरूको पक्षमा सरकार दृढतापूर्वक उभिएको बताएकी छन्।

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले समान्तवादको अवशेषको रूपमा रहेको मिटरब्याजलाई समाप्त पार्न सरकारले ऐन नै निर्माण गरेको र ऐनका सवालमा केही असन्तुष्टिहरू भए पनि तिनलाई बिस्तारै समाधान गरेर जाने बताइन्।

मन्त्री शर्माले सरकार भ्रष्टाचारविरुद्ध उभिएकाले विगतभन्दा धेरै सुधार भएको दाबी गरिन्। 

आफ्ना पार्टीका नेता कृष्णबहादुर महराको नाम सुन तस्करीमा कुनै तथ्यमा आधारित नभई गलत किसिमले आएको उनको भनाइ थियो।

५ साउन, २०८०, १०:४२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।