मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान, उक्त सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री

मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान, उक्त सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री

दुई दिने फ्रान्स भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोनले देशको सर्वोच्च सम्मान 'द ग्रान्ड क्रस अफ द लिजन अफ अनर' प्रदान गरेका छन्। 

बिहीबार राति पेरिसस्थित राष्ट्रपति दरबारमा मोदी यो सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्री मोदी अपराह्न ४ बजे पेरिस पुगेका थिए। यसपछि उनले यहाँ ला सेन म्युजिकलमा भारतीयहरूलाई सम्बोधन गरे। उनले भने, ‘फ्रान्स आउनु भनेको घर आउनुजस्तै हो। भारतका जनता जहाँ गए पनि मिनी इन्डिया बनाउँछन्, ‘शरीरको प्रत्येक कण, कण तिम्रो लागि हो भनी कसम लिन्छु। विश्व व्यवस्थामा भारतले विशेष भूमिका खेलिरहेको छ। हरेक चुनौतीसँग लड्न भारतको अनुभव र प्रयास विश्वका लागि सहयोगी साबित भइरहेको छ।'

 

२९ असार, २०८०, ०८:२२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।