मोदीको आरोपः कंग्रेसले झुटको खेती गरिरहेको छ, लुट्नु नै उसको स्वार्थ हो

मोदीको आरोपः कंग्रेसले झुटको खेती गरिरहेको छ, लुट्नु नै उसको स्वार्थ हो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको प्रमुख प्रतिपक्षी दल कंग्रेसले झुटको खेती गरिरहेको आरोप लगाएका छन्।  

शनिबार बिकानेरको नौरङदेसर गाउँमा भएको एक कार्यक्रममा मोदीले दिल्लीबाट योजनाका लागि पैसा पठाए पनि यहाँ कंग्रेसले लुट्ने गरेको आरोप लगाए। 

'कंग्रेस सरकारले चार वर्षमा राजस्थानलाई धेरै नोक्सान गरेको छ र यो कंग्रेस नेताहरूलाई पनि राम्ररी थाहा छ,' उनले त्यहाँ भने।  

कंग्रेसको पार्टीको एउटै मतलब लुट्नु भएको मोदीको भनाइ थियो। कंग्रेसको झुटको राजनीतिको सबैभन्दा ठूलो शिकार राजस्थानका किसान भएका पनि उनले त्यहाँ बताए।

उनले सोधे,'गत चुनावमा कंग्रेसले किसानको ऋण मिनाहा गर्ने बाचा गरेको थियो। उनीहरूका नेताले १० दिनभित्र ऋण माफी दिने बाचा गरेका थिए। १० दिन, १० महिना र आज ४ वर्षमा पनि ऋण माफी भयो ?' 

मोदीले त्यहाँ उपस्थित भीडमा राजस्थानका किसानमाझ कंग्रेसप्रति आक्रोश पोखेका थिए। 

२३ असार, २०८०, २०:५४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।